भारतमा ‘प्रेमगीत ३’को ओपनिङ कंगनाको ‘धाकड’भन्दा ठूलो

जनपत्र
९ आश्विन २०७९, आईतवार ०७:१३

शुक्रवारबाट नेपालसँगै भारतमा समेत एकसाथ प्रदर्शन भएको फिल्म ‘प्रेमगीत ३’ले पहिलो दिन नेपालमा आक्रामक कमाई गर्दा भारतमा पनि सुखद् ओपनिङ गरेको छ । शुक्रवार नेपालमा २ करोड ग्रस कमाई गरेको फिल्मले भारतमा भने ९२ लाख कलेक्सन गरेको भारतीय ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले यो कमाईलाई सुखद् भनेका छन् ।
उनले लेखेका छन्, ‘कम मूल्यको टिकट र सीमित शोजहरुको बावजूद पनि यो कमाई सुखद् हो । अब दोस्रो र तेस्रो दिन फिल्मले स्कोर गर्न आवश्यक छ । किनकि, टिकट मूल्य पुरानै अवस्थामा फर्किएको छ ।’ शुक्रवार ‘नेशनल सिनेमा डे’ भएकाले भारतमा फिल्मको टिकट मूल्य ७५ रुपैयाँ थियो । यति कम मूल्यको टिकटमा पनि फिल्मले भारतमा ९२ लाख कमाउनु सुखद् संकेत हो ।
रोचक कुरा के छ भने यस वर्षको मेमा प्रदर्शनमा आएको बलिउड अभिनेत्री कंगना रनावट अभिनीत फिल्म ‘धाकड’भन्दा ठूलो ओपनिङ भारतमा ‘प्रेमगीत ३’लाई मिलेको छ । ‘धाकड’ले पहिलो दिन भारतमा ५० लाख कमाई गरेको थियो । यस हिसाबमा पनि ‘प्रेमगीत ३’ टिमले गर्व गर्ने ठाउँ छ । तर, यो फिल्मको हिन्दी डबले भारतीय समीक्षकबाट गतिलो प्रतिक्रिया पाउन सकेको छैन ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको यस फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री लगायतको अभिनय रहेको छ । ‘प्रेमगीत ३’ क्रिस्टिना र मनिषको डेब्यू फिल्म हो । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*