मकवानपुरकी अनुसँग कलाकार बुद्धि तामाङले कसे लगनगाँठो

जनपत्र
७ आश्विन २०७९, शुक्रबार १६:४८

हेटौंडा / अभिनेता बुद्धि तामाङले विवाह गरेका छन्। नेपाली फिल्म क्षेत्रमा ‘हैट’ थेगोले चिनिने तामाङले मकवानपुरकी अनु थिङ तामाङसँग लगनगाँठो कसेका हुन्। उनीहरूको आज तामाङ संस्कारअनुसार भक्तपुरको कौशलटारस्थित् एक पार्टी प्यालेसमा विवाह भएको हो। विवाहमा दुवैतर्फका नजिकका आफन्त र केही कलाकारहरू उपस्थित रहेका छन्।

विवाह समारोहमा केदार घिमिरे ‘माग्ने बुढा’, विजय बराल, अनुप बराल, अशोक शर्मा, दिपाश्री निरौला लगायत कलाकार विवाहमा उपस्थित थिए। केही समययता प्रेम सम्बन्धमा रहेका उनीहरुले प्रेमलाई विवाहमा परिणत गरेका हुन्।

विशेषगरी हास्य कलाकारको रुपमा चिनिने तामाङले रंगमञ्चमार्फत अभिनय यात्रा शुरु गरेका हुन्। उनले अभिनय गरेका ‘कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेस टुल्के, घामपानी, नाइँ नभन्नु ल, वीर बिक्रम, जय भोले, वडा नम्बर ६’ लगायतका थुप्रै चलचित्र सुपरहिट छन्।

काभ्रेको तेमाल गाउँपालिका–३ कुडवालमा जन्मिएका तामाङले चलचित्रबाहेक सयौँको संख्यामा म्युजिक भिडियो तथा नाटकमा समेत अभिनय गरिसकेका छन्। उनी झण्डै २ दशकदेखि कला क्षेत्रमा सक्रिय छन्।

नेपाली सिने क्षेत्रमा ‘हैट’ थेगोले चर्चित तथा ‘कबड्डी’ फेम्ड अभिनेता तामाङले थिङसँग मागी विवाह गरेको हो। ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*