शानदार शकिब अल हसन, यो विश्वकपमा बनाए ६०६ रन

जनपत्र
२१ असार २०७६, शनिबार ०६:१२

विश्वकप क्रिकेटको ४३औँ खेलमा पाकिस्तानले बंगलादेशविरूद्ध ३१५ रन बनाएको छ । लण्डनको लर्ड्स मैदानमा भइरहेको खेलमा बंगलादेशका शकिब अल हसनले कीर्तिमान बनाएका छन् ।  शकिब अल हसनले ७७ बलको सामना गर्दै ६४ रन बनाएर पभेलियन फर्किए। उनलो पारीमा ६ वटा चौका पनि हाने।  शकिब अल हसन यस विश्वकपमा ६०० रन पुरा गर्ने पहिलो ब्याट्सम्यान भएका छन्।
बंगलादेशका लागि विश्वकपको अन्तिम खेल खेल्ने क्रममा उनले ६०६ रन बनाएका हुन्।   विश्वकप क्रिकेटबाट बाहिरियो पाकिस्तान शकिबले विश्वकपका ८ पारीमा कुल ६०० रन बनाएका हुन्। सबैभन्दा धेरै रन बनाउने क्रममा उनले भारतका रोहित शर्मालाई पछि पारेका छन्। रोहितले ७ पारीमा ५४४ रन बनाएका थिए।  तर भारत विश्वकपमा रहेकाले रोहितले शकिबको स्कोर नाघ्न सक्ने अवस्था छ । शाकिबले लगातार सात पारीमा ५० भन्दा धेरै रन बनाए। यिनमा २ सतक र ५ अर्धसतक पनि छन्। शकिबले जारी विश्वकपमा ११ विकेट पनि लिन सफल भएका छन्।  पाकिस्तानले सेमीफाइनलमा पुग्न बंगलादेशलाई ७ रनमै समेट्नु पर्ने थियो। तर यो असम्भव लक्ष्य उसले पुरा गर्न सकेन। यस्तोमा सेमिमा पुग्ने चार टिमको टुंगो लागेको छ । अस्ट्रेलिया, भारत, इङ्ल्यान्ड र न्यूजिल्यान्ड सेमीफाइनलमा पुगेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*