अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

जनपत्र
२० असार २०७६, शुक्रबार ०६:३०

मेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) का अनुसार ६.४ म्याग्निच्युडको भूकम्प जाँदा भवनहरुमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको छ ।

भूकम्पको केन्द्रविन्दु क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको छ । लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट शहर केन्द्रविन्दु रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*