अमेरिकाको डेन्टन सहरमा दुई वर्षीय नेपाली बालक गाडीभित्र मृत फेला

जनपत्र
१९ असार २०७६, बिहीबार ०६:२३

अमेरिकाको टेक्सस राज्यस्थित डेन्टन सहरबाट मङ्गलबारदेखि हराइरहेका नेपाली बालक सर्बेस गुरुङ मृत अवस्थामा फेला परेका छन्। डेन्टनमा रहेको युनिभर्सिटी अफ नर्थ टेक्सासबाट पिएचडी गरिरहेका सञ्जय गुरुङका दुई वर्षीय छोरा सर्बेस आफ्नै अपार्टमेन्टबाट हराएका थिए।

बुधबार बिहान स्थानीय प्रहरीले एक पत्रकार सम्मेलन गर्दै बालक सर्बेस एक गाडीभित्र मृत अवस्थामा फेला परेको जानकारी दिएको हो। सर्बेसको मृत्युको कारण हालसम्म पत्ता लागेको छैन।

डेन्टन प्रहरी प्रमुख फ्र्यांक डिक्सनले अनुसन्धान जारी रहेको र थप जाँचका लागि शव परीक्षण गर्न स्थानीय ट्यारेन्ट काउन्टी मेडिकल अफिसमा लागिएको जानकारी पत्रकारहरूलाई दिए। सर्बेस मृत अवस्थामा फेला परेको सेतो रङ्गको गाडी कसको हो भनेर यकिन नभएको प्रहरीले जानकारी दिएको छ।

पुत्र वियोगमा मुर्छा परेकी आमा सुनिता गुरुङको स्थानीय प्रेस्बेटेरियन अस्पतालमा उपचार भइरहेको र अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*