भारतलाई फेरि अर्काे झड्का, अलराउण्डर विजय शंकर विश्वकपबाट बाहिरिए

भारतीय अलराउण्डर विजय शंकर घाइते भएपछि भारतीय टिमलाई फेरि अर्काे झड्का लागेको छ । उनको स्थानमा मयंक अग्रवाल टिममा पर्नसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस अघि पनि ओपनिङ ब्याट्सम्यान शिखर धवन घाइते भएर विश्वकपबाट नै बाहिरिएका थिए । उनको ठाउँमा ऋषभ पन्तले टिममा स्थान बनाएर इंग्ल्याण्डविरुद्धको खेलमा ब्याटिङ पनि गरे ।
२८ वर्षीय शंकरको खुट्टाको बूढीऔंँलामा चोट लागेको छ । शंकरको खुट्टाको औंँलामा लागेको चोट निको हुन कम्तीमा तीन हप्ता लाग्ने भएकोले उनी विश्वकपबाट बाहिरिएको बीसीसीआईले जनाएको छ ।