ट्रेन्ट बोल्ट : विश्वकप क्रिकेटमा ह्याट्रिक विकेट लिने न्यूजिल्याण्डको पहिलो खेलाडी

जनपत्र
१५ असार २०७६, आईतवार ०६:२७

ट्रेन्ट बोल्ट आइसीसी एक दिसवसीय विश्वकप क्रिकेटमा ह्याट्रिक विकेट लिने न्यूजिल्याण्डका पहिलो खेलाडी बनेका छन्। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकप अन्तर्गत शनिवार बोल्टले अष्टेलिया विरुद्ध उक्त उपलब्धी हात पारेका हुन्।

यस विश्वकपमा भने उनी ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बनका छन्। यसअघि भारतका मोहम्मद शामीले अफगानिस्तान विरुद्ध ह्याट्रिक विकेट लिएका थिए। लर्ड्समा भइरहेको खेलमा बोल्टले ५०औं ओभरमा अष्ट्रेलियाका तीन खेलाडीलाई लगातार आउट गरेका हुन्। उनले अन्तिम ओभरको तेस्रो बलमा उस्मान खवाजा, चौथो बलमा मिचेल स्टार्क र पाँचौ बलमा जासोन बेहरोनडपको विकेट लिए।

खवाजा र स्टार्लाई बोल्ड आउट गरेका बोल्टले बेहरोनडपलाई एलबिडब्लु धरापमा पारे। अष्ट्रेलिया विरुद्ध बोल्टले ह्याट्रिकसहित ४ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चिए। बोल्ट विश्वकपका ह्याट्रिक लिने दशौँ खेलाडी बनेका छन् भने समग्रमा यो ११औं ह्याट्रिक हो। श्रीलंकन लाथिस मालिंगाले दुई पटक ह्याट्रिक विकेट लिएका छन्। सन् १९८७ मा भारतका चेतन शर्माले न्यूजिल्याण्ड विरुद्ध विश्वकपको पहिलो ह्याट्रिक विकेट लिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*