ज्याकलिनको लागि जेलबाटै सुकेशको पत्र : जन्मदिनमा एकसय आइफोन १५ बाँड्छु

जनपत्र
३० असार २०८१, शनिबार ०६:३४

अभिनेत्री ज्याकलिन फर्नान्डेजको जन्मदिनमा १०० आइफोन–१५ बाँडिने भएको छ । सुकेश चन्द्रशेखरले ११ अगष्टमा पर्ने ज्याकलिनको जन्मदिन सेलिब्रेसन गदै उक्त फोन  बाँड्ने घोषणा गरेका हुन् ।

२०० करोड मनी लन्ड्रिङ मुद्दामा हाल जेलमा रहेका सुकेशले एकपत्र लेख्दै यस्तो घोषणा गरेका हुन् । पत्रका उनले ज्याकलिनको नाम जेएफएस अझैपनि आफ्नो निजी जेटमा लेखिएको बताएका छन् ।

मण्डोली जेलबाट जुलाई ९ मा पठाइएको पत्रमा सुकेशले लेखेका छन्, ‘बेबी गर्ल, म निकै उत्साहित छु । तिम्रो जन्मदिनको काउन्टडाउन सुरु भएको छ । तिम्रो जन्मदिन आउन ३० दिन मात्र बाँकी छ । म पर्खन सक्दिन । यो एक सेलिब्रेसन हो जसबाट म रमाउँछु । तिम्रो अनुहारको मुस्कान एक मात्र चिज हो । जसले मेरो मनलाई पगाल्छ ।’ उनले केही दिनदेखि फिल्म किकमा रहेको ज्याकलिनको गीत ‘ह्याङओभर’  सुनेर नाचिरहेको समेत बताउका छन् ।

उनले अगाडि लेखेका छन्, ‘मेरो बेबी, मलाई तिम्रो बोल्ने, अंगालो हाल्ने, माया गर्ने, क्रोधमा शान्त हुने, तिम्रो आँखा र तिमिले भनेका सबै कुरो ह्याङओभर भएर रहेको छ । जुन जीवनभर रहन्छ । उनले यो ह्याङओभर सधै भरि रहिरहोस् भन्ने कामना सहित प्रेमको अर्थ ज्याकलिनले सिकाएको समेत बताएका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*