नेपाल नेटवर्क टेलिभिजनको ‘दोहोरी आइडल’ का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक

जनपत्र
६ श्रावण २०८०, शनिबार १४:१९

नेपाल नेटवर्क टेलिभिजन (NNTV) ले ‘दोहोरी आइडल’ का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक गरेको छ। ‘दोहोरी आइडल’ नेपालको पहिलो बहुभाषिक रियालिटी शो हो जसमा सहभागीले नेपाली, मैथिली, पहाडी, भोजपुरी, तामाङ र नेवारी भाषामा प्रस्तुति दिनेछन्। वर्तमान सन्दर्भमा युवा पुस्तालाई आधुनिक सँगीततर्फ आकर्षित गर्दै नेपालको विविधता युक्त लोकगीत संस्कृतिको संरक्षण र प्रवर्दन गर्ने यो एउटा ढाँचा हो।

राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आइडलका उत्कृष्ट ४२ लाई प्रमाणपत्र वितरण गरियो। प्रमाणपत्र वितरण कार्यक्रममा डिएआर मुभिजका प्रबन्ध निर्देशक श्याम धिताल,लोक गायक प्रेमराजा महत,लोक गायिका लक्ष्मी न्यौपाने,लोक गायिका राधिका हमाल,लोक गायक चन्द्र शर्मालगायत थुप्रै विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

नेपालमा पहिलो पटक लिगस्तरीय दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ। नेपालका प्रतिष्ठित ४२ कलाकारहरूबीच हुने प्रतिस्पर्धाको विजेताले नगद दश लाख र कार प्राप्त गर्नेछन्। ‘दोहोरी आइडल’ को उपविजेताले नगद तीन लाख र मोटरबाइक प्राप्त गर्नेछन्। डीएआर मुभिजको फर्म्याटमा बनेको ‘दोहोरी आइडल’ का निर्देशक प्रभावन जे रहेका छन्।

कार्यक्रमका निर्देशक प्रभावन जे एक सांगीतिक व्यक्तित्व हुन्। ‘दोहोरी आइडल’ लाई उत्कृष्ट बनाउनु उनका लागि चुनौतीको विषय रहेको छ। आयोजकका अनुसार पहिलो राउण्ड सुटिङ सकिएको छ र यसको अफिसियल ट्रेलर छिट्टै सार्वजनिक गरिने छ। ट्रेलर सार्वजनिक भएसँगै प्रतियोगिताको जजहरू रिभिल गरिनेछ।

दोहोरी आइडलको उत्कृष्ट २० टिमका सहभागीहरूमा सविन आचार्य,रीता रावत, सपना रोका, विक्रम बालू विश्वकर्मा,तारा थापा,टेकराज भण्डारी,रवीन्द्र सुनार, निर्भता बस्नेत, सुस्मा ठकुरी, रत्न श्रेष्ठ, सरोज सिम्खडा, आशा के.सी., सँगीता थापा, सुरेन्द्र ज्याली मगर, वपु सविता परियार, अनिल सुनार, निशान्त बिक, लक्ष्मी बस्नेत,सिदार्थ आले, प्रिती गीरी,सुमन खड्‌का,शर्मिला बिसी,सानु केसी,सविता ढुङ्गाना,प्रकाश दुरा, खुस्बु सुनार, विजय बाँनिया, लक्ष्मी भण्डारी, विवेक धिताल, जमुना सुनार दिपेन्द्र पौडेल, राममाया थापा,मीना नेपाल, प्रशन्न पाठक / राजेन्द्र पाठक, अर्जुन खड्‌का, सचिन भइराई,तिर्सना बुढा क्षेत्री,जीवन सिग्देल, रेनुका भट्टराई, प्रितम पोखरेल, वीना अनुरागी, राजेन्द्र पाठक,शान्ति भुषाल रहेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*