मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

जनपत्र
१ जेष्ठ २०८०, सोमबार ०६:५८

मलेसियासँगको टी-ट्वान्टी सिरिजका लागि नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको प्रारम्भिक घोषणा भएको छ ।

मलेसियाको घरेलु मैदानमा मे २९ बाट सुरु हुने ५ खेलका लागि टी-ट्वान्टी टोलीको घोषणा भएको हो । अन्तर्राष्ट्रिय सिरिजका लागि घोषणा भएको टोलीमा रुबिना क्षेत्रीको कप्तानीमा १८ सदस्य रहेका छन् ।

मे २९ मा सुरु हुने सिरिजको दोस्रो खेल मे ३०, तेस्रो जुन १, चौथो जुन ३ र जुन ४ मा अन्तिम तथा पाचौं खेल हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*