हेटौंडामा २५ मिटर भत्काउँदा हुने क्षतिको विवरण संकलन गरिने

हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले राजमार्ग क्षेत्रमा पर्ने घरटहराहरुको क्षतिको विवरण संकलन गर्न सुरु गर्ने भएको छ । भोली देखिबाट त्रिभुवन रापपथ र पूर्बपस्चिम राजमार्ग अन्तरगत हेटौंडा क्षेत्रमा पर्ने घर, जग्गाको क्षतिको विवरण संकलन गर्न सुरु गर्न लागिएको सडक डिभिजन कार्यालय हेटठौंडाका सूचना अधिकारी जयराम अधिकारीले बताउनुभयो ।
सडकको केन्द्र रेखादेखि दायाँ, बायाँ २५÷२५ मिटर भित्रका संरचनाहरुको हुन सक्ने क्षतिको विवरण संकलन गर्ने कार्य शुरु गर्न लागिएको बताउँदै उहाँले भन्नुभयो– क्षतिको विवरण संकलन गर्न लागिएको हुँदा आ–आप्mनो कित्ता नम्बर सहितको विवरण संकलन टोलीलाई उपलब्ध गराउनुका साथै आवश्यक सहयोग गर्नु हुन अनुरोध छ ।’
हेटौंडाको मुख्य राजमार्गमा पर्ने संरचना भत्काउनका लागि संघिय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय हेटौंडाले असार ७ गते फेरी सूचना जारी गरेको थियो । पटक पटक सूचना जारी गरेपनि पुर्ब पस्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकको दायाँ बायाँ २५ मिटर सडक बिस्तार गर्न सकेको थिएन । सडक सिमा खाली गर्नका लागि आग्रह गरिएको छ । सडक बिस्तारको काम अनुसार सडक सिमा खाली तत्काल गरिनुपर्ने उहाँले बताउनुभयो ।
महेन्द्र राजमार्गको धन्सार पुल (बारा) देखि लोथर (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको वीरगंज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्मको राजमार्ग खाली गर्नका लागि निर्देशन दिइएको छ । पूर्ब पस्चिम राजमार्ग र त्रिभुवन राजपथको दाँयारबाँया २५–२५ मिटर सडक अतिक्रमण गरी घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरिएको अधिकारीले बताउनुभयो ।