हेटौंडाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्वतले पारित

जनपत्र
१२ असार २०७६, बिहीबार १८:०८

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक बर्ष २०७६–०७७ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट सर्ब सम्वतले आज पारित गरिएको छ । आजको नगरसभा बैठकले बजेट पारित गरेको हो । यही असार १० गते हेटौंडाले नगरसभामा नीति तथा कार्यक्रम र बजेट बैठकमा पेस गरेको थियो । मकवानपुरका केही स्थानीय तहले नीति तथा कार्यक्रम समेत प्रस्तुत नगरिरहेको अवस्थामा हेटौंडाले भने बजेट पास गरिसकेको हो । प्रदेश ३ सरकारले असार १ गते ल्याएको बजेट आज बल्ल १२ दिन पछी पास गरेको अवस्थामा हेटौंडाले भने दुईदिनमै पास गर्न सफल भएको हो ।

आज पास गरिएको बजेट अब साउन महिनाबाट कार्यान्वयन चरणमा लैजाने हेटौंडा उपमहनागरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । बजेट कार्यान्वयनमा पूर्ण रुपमा जोड दिने उहाँले बताउनुभयो । बजेट पेस गरेको दुईदिनमै पास गरेर अहिले असारमा बिकाशका काम सक्न पनि सजिलो भएको कर्मचारीहरु बताउँछन् । पास भएको बजेट आउँदो आर्थिक बर्षको सुरुबाटनै कार्यान्वयन गर्ने गरी तयारी गरिएको मेयर महतले बताउनुभयो ।

हेटौंडाले एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट पास गरेको छ । आज उपमहानगरपालिकाको नगरसभा बैठकका अवसरमा यो बजेट पास गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले प्रस्तुत गर्नुभएको बजेटमा आन्तरिक श्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश ३ सरकारको बिभीन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट पास भएको हो । त्यसैगरी संघिय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुने छ ।

पमहानगरपालिकाको गतबर्षको नगद मौजदातबाट १० करोड रुपैयाँ बेहोरीने उपप्रमुख लामाले बताउनुभयो । बजेटमा दैनिक कार्यालय सञ्चालनका लागि तलब, भत्ता लगायत अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार रुपैयाँ बिनियोजित गरिएको लामाले बताउनुभयो । कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार रुपैयाँ छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि ५८ करोड ५५ लाख ४३ हजार रुपैयाँ छुट्याइएको छ ।

उपमहानगरपालिकाले पूर्बाधार बिकाशका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएर काम गर्न लागिएको उपप्रमुख लामाले बताउनुभयो । त्यसैगरी हेटौंडालाई सफा, हरियाली, फूलैफूलको सहर निर्माणको कामलाई प्राथमिकता दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*