खोलामा अबैध उत्खनन् गरेबापतको जरिवाना रकम तिर्न पत्राचार

जनपत्र
११ असार २०७६, बुधबार १८:३९

हेटौंडा । हेटौंडाका खोलामा तोकिए भन्दा बडी उत्खनन् गर्ने कम्पनिलाई जरिवाना रकम तत्काल दाखिला गर्नका लागि ताकेता गरिएको छ । हेटौंडाका खोलामा ढुङ्गा, गिट्टी, वालुवा अबैधानिक तरिकाले खनिएको जती सामाग्री बराबरको रकम राजस्व खातामा जम्मा गर्नका लागि जिल्ला समन्वय समिति मकवापनुरले निर्देशन दिएको हो ।

काठमाण्डौको मोतिदान कन्ट्रकसन सेवा प्रालिलाई आज पत्र पठाउँदै ७३ लाख १३ हजार रुपैयाँ जरिवाना रकम सरकारको राजस्व खातामा जम्मा निर्देशन दिइएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो । यो रकम जम्मा नगरे सम्म हेटौैडा उपमहनागरपालिकामा ठेक्का लिदा राखिएको धरौटी रकम फिता नगर्नका लागि पनि उपमहानगरपालिकालाई निदेर्शन दिइएको छ ।
जरिवाना रकम जम्मा नगरे धरौटी रकम जफथ गर्न पनि निर्देशन दिइएको प्रमुख खुलालले बताउनुभयो । जिल्ला स्तरिय ढुङ्गा, गिट्टी, वालुवा अनुगमन तथा समन्वय समितिको यसअघिको बैठकले खोलामा तोकिएको भन्दा बडी परिणाम नदिजन्य पदार्थ उत्खनन् गर्नेलाई कार्बाही स्वरुप यो निणय गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको स्थानीय अनुगमन समितिले बडी उत्खनन् गरेको भनी देखाएको २० हजार ६ सय ४८ घनमिटर नदिजन्य श्रोत सम्बन्धी उत्खनन्कर्ताबाट हेटौंडा उपमहानगरपालिकाले जफथ गर्नुपर्ने निणय गरेको थियोे । जफथ गरिएको ढुङ्गा, गिट्टी, वालुवा उपमहानगरपालिकाले ठेक्का संझौता भएको उल्लेखित दररेटमा नघट्नेगरी अबिलम्ब लिलाम बिक्री गर्नुपर्ने निणय गरिएको जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन समितिका संयोजक रघुनाथ खुलालले बताउनुभयो । बैठकले मकवानपुरका वालुवा प्लान्टलाई ब्यवस्थित गर्ने पनि निणय गरिएको प्रमुख खुलालले बताउनुभयो । त्यसैगरी ढुङ्गा, गिट्टी, वालुवाको स्टक प्रमाणित गर्नका लागि उपसमिति समेत गठन गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*