बर्डफ्लु पीडित हेटौंडाका किसानलाई साढे ४ करोड क्षेतीपूर्ति रकम बितरण

जनपत्र
११ असार २०७६, बुधबार १६:५२

हेटौंडा । मकवानपुरको हेटौंडाका ५४ जना किसानलाई आज क्षेतिपर्ति बापतको रकम आज बितरण गरिएको छ । बर्डफ्लु रोगबाट संक्रमित कुखुराहरु मकवानपुरको सरकारी टोलिद्वारा नष्ट गरिएका पीडित परिवारका लागि आज रकम हत्तान्तरण गरिएको हो । प्रदेश नम्बर ३ को प्राकृतिक जलाशय प्रवद्र्धन एबम संरक्षण केन्द्रको आयोजानमा गरिएको कार्यक्रममा किसानहरुलाई क्षेतिपूर्ति रकम बितरण गरिएको हो ।

पीडित किसानहरुलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले क्षेतिपूर्ति रकमको चेक हस्तान्तरण गर्नुभयो । हेटौंडाको वडा नम्बर ७, ८, १७ र १६ लगायतका ५४ जना किसानले जम्मा ४ करोड ४२ लाख ११ हजार रुपैँया प्राप्त गरेका हुन् ।

कार्यक्रममा मकवानपुर उद्योग बाणिज्यसंघका कार्यबाहक अध्यक्ष माधब न्यौपाने, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, उपभोक्ता हित संरक्षण मन्च मकवानपुरका अध्यक्ष बासु प्रसाद खतिवडा, मकवानपुर कुखुरा ब्यावसायी संघका अध्यक्ष राजु अधिकारी लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । प्रदेश नम्बर ३ को प्राकृतिक जलाशय प्रवद्र्धन एबम संरक्षण केन्द्रका प्रमुख सानोकाजी पछाइको अध्यक्षतामा कार्यक्रम भएको हो ।

केही समयअघि हेटौँडाको विभिन्न वडामा बर्ड फ्लु नामक रोग कुखुरामा देखिएको भन्दै प्रशासनले उचित क्षतिपुर्ती दिनेगरी उक्त कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो । विभिन्न समयमा प्रशासनले ६६ हजार ५ सय ४६ वटा कुखुरा समेत नष्ट गरेको थियो । मत्स्य प्रवद्र्धन एवं संरक्षण कार्यालयले आज क्षतिपूर्ती रकम वितरण कार्यक्रमको आयोजना गरी उनीहरुलाई उक्त रकम वितरण गरेको हो । हाल मकवानपुरमा ३ हजार कुखुरा व्यवसायी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*