‘आयो भैरव’ मा निखिलले सालीलाई बनाउलान् हिरोइन ?

‘एक्सन स्टार’ को उपाधि पाएका निखिल उप्रेतीको एक समय नेपाली फिल्ममा जगजगि थियो । उनले अभिनय गरेका हरेक फिल्मबाट निर्माताले बोराका बोरा पैसा बटुल्थे । तर, बिस्तारै उनको साम्राज्य डगमगाउन थाल्यो । त्यही बेला उनले अभिनेत्री सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गरेर पाँच वर्ष भारत बसे । यसपछि दर्शकले उनलाई हेर्ने नजर पनि फेरियो । कतिपयले उनी अब पलायन भएको अनुमान लगाए ।
अहिलेसम्म फिल्ममा अभिनय गर्ने कलाकारमा उनीबाहेक कोही फाइनल भएका छैनन् । ‘कमिटमेन्ट सिक्स्टी हावर्स’ थन्किएपछि साली सिवानीलाई हिरोइन बनाउने अधुरो रहेको सपना अब निखिलले ‘आयो भैरव’ मार्फत् पूरा गर्न लागेको चर्चा फिल्मवृतमा सुरु हुन थालेको छ । यस फिल्ममा निखिल र सिवानीको जोडी बाँधिएको खण्डमा दर्शकलाई पर्दामा भेना र सालीको जोडी हेर्न निकै रोचक हुने देखिन्छ ।