‘सप्तरंग २’मा राजेश हमालदेखि मेलिना राईसम्म

जनपत्र
११ असार २०७६, बुधबार ०६:०३

संगीतको सात सुर हुन्छ । प्रकृतिको सातै रंग हुन्छ । रंग र सुर आपसमा लयवद्ध भए के होला ? एउटा मधुर झंकार गुञ्जिएला । सप्तरंग पोतिएला । सप्तरंग अर्थात सात प्रदेश र सातथरी कला-संस्कृति । भूगोल र समुदाय अनुसार आ-आफ्नै मौलिक कला, संस्कृति छन् । यी सबैलाई एकढिक्का बनाउने सिलसिला हो, सप्तरंग ।

सप्तरंग खासमा एक सांगीतिक यात्रा हो । अघिल्लो बर्ष सुरु भएको ‘सप्तरंग म्युजिकल जर्नी’ले देशभर फन्को मार्नेछ । गायन, नृत्य, प्रहसनसहितको यो यात्रा मुलत देशका सात प्रदेशको प्रतिनिधित्व गर्दै नाच्ने र गाउनेछ । यी सबैमा अलग-अलग सात कलाकर्मीले अगुवाई गर्नेछन् । अघिल्लो बर्ष रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरा जोशी, सन्दीप क्षेत्री, दीपक विष्ट र अन्जली अधिकारी सामेल थिए । यसपालीको सूची फरक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*