तलब नपाएपछि कतारमा ८ महिनादेखि नेपाली युवा भोकभोकै

कतारस्थित टेक्नो मेटल कम्पनी कम्पनीमा कार्यरत नेपालीहरुले ८ महिनादेखि कम्पनीबाट तलब पाएका छैनन् । तलब नपाएपछि उनीहरू भोकभोकै बस्न बाध्य छन्। कम्पनीले श्रमिकलाई ८ महिनाको अवधिमा पटक पटक गरि २ सय सय कतारी रियाल दिएको थियो। अर्को एकपटक ६ सय रियाल मात्र दिएको मुद्दा विभाग प्रमुख नेपाली प्रववासी श्रमिक संघका उपाध्यक्ष दिनेश कटवालले जानकारी दिए । तलव नपाएका श्रमिकहरुमा नरेशबहादुर बिक, सिङ्गी तामाङ, रेशम बहादुर पाहारी, छबिलाल घले, पृथविक्रम घर्ती, शेरबहादुर बिक, राजेन्द्र खड्का, शाहादेव यादव, बेगम बहादुर खड्का र धोम बहादुर खड्का छन् ।