थाहा नगरपालिकाको बजेट ७१ करोड ४१ लाख

मकवानपुर / मकवानपुरको थाहा नगरपालिकाको नीति तथा कार्यक्रम आज नगरसभा बैठकमा पेस गरिएको छ । आज भएको पाँचौं नगरसभामा नीति तथा कार्यक्रम पेस गरिएको हो ।
सभाले कृषि र पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई आफ्नो निती तथा कार्यक्रममा प्राथमिकता दिएको छ । नगरसभा थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीको सभाध्यक्षतामा भएको सभामा आर्थिक वर्ष २०७६र०७७ को लागि ७१ करोड ४१ लाख ७१ हजार बरारबको बजेट पनि पेश गरेको छ ।
पेश भएको बजेटमा विषयगत कार्यालयतर्फ प्राप्त १८ करोड ८९ लाख, आन्तरिक स्रोत ३ करोड ९५ लाख ६० हजार, राजश्व बाँडफाँड १४ करोड ८२ लाख ६० हजार, अन्य आय १ करोड वित्तिय समानिकरण अनुादन १४ करोड २४ लाख १० हजार र सामाजिक सुरक्षा भत्ता १० करोड रुपियाँ समावेश गरिएको छ । जसमा कुल चालुतर्फ ६ करोड ८५ लाख ६८ हजार, पुँजीगततर्फ ३५ करोड ३६ लाख ६२ हजार रुपियाँ अनुमान गरिएको छ ।