मकवानपुर गढी गाउँपालिकाको बजेट ४९ करोड ९० लाख

हेटौंडा । मकवानपुर गढी गाउँपालिकाले आउँदो आर्थिक बर्षका लागि कुल ४९ करोड ९० लाख रुपैयाँको बजेट आज गाउँपालिकाको सभामा प्रस्तुत गरेको छ । आउँदो आर्थिक बर्षका लागि यो बजेटमा कृर्षि, पूर्बाधार, सिंचाई लगायतका क्षेत्रमा जोड दिइएको छ ।
गढी गाउँपालिकाले खरको छानो मुक्त गाउँपालिकाको रुपमा बिकाश गर्नका लागि योजना ल्याएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाको तीन वटा वडाका घर घरमा खरको छानो मुक्त बनाउने योजना अनुसार बजेट छुट्याइएको मकवापनुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो । त्यसपछीको बर्षमा गाउँपालिका भरीका सबै वडामा खरको छानो मुक्त बनाउने योजना अगाडी सारिएको छ ।
गढी गाउँपालिकाले प्राथमिक तहका ४० वटा सामुदायिक बिद्यालयमा दिवा खाजाका लागि बजेट ल्याएको छ । कुनै पनि बालबालिका बिद्यालयको शिक्षाबाट बन्चित नहुन भन्ने उदेस्यले दिवा खाजाको ब्यावस्था गाउँपालिकाले गर्न लागेको छ । चालु आर्थिक बर्षमा केही बिद्यालयमा गरिएको यो कार्यक्रमलाई अरु थप बिद्यालयमा पनि थप्न लागिएको हो ।
त्यसैगरी किसानलाई प्रतिलिटर दुधमा ५० पैसा अनुदान दिने कार्यक्रम ल्याइएको छ । बिपन्न बर्ग, दलित, गरिब परिवारलाई एक घर एक टनेल कार्यक्रम पनि ल्याइएको अध्यक्ष हुमागाईले बताउनुभयो । स्वास्थ्य उपचारमा सुधार ल्याउने उदेस्यले बिशेषज्ञ डाक्टर सहितको उपचार सेवा दिने गाउँपालिकाले बजेट छुटेयाएर तयारी गरिएको उहाँले बताउनुभयो । फलफुलका लागि पकेट क्षेत्र कार्यक्रम पनि ल्याइने भएको छ । पकेट क्षेत्रका एक घरमा ५ वटा फलफुलका बिरुवा रोप्नैपर्ने योजना गाउँपालिकाले ल्याएको छ ।
गाउँ गाउँमा बृद्धी भएको घरेलु मदिरालाई निशेधित गर्ने कार्यक्रम पनि पालिकाले ल्याएको छ । घरेलु मदिरा उत्पादन गर्ने पेसामा लागेका महिलालाई बैकल्पीक पेसामा सहयोग गर्ने कार्यक्रम पनि ल्याइएको छ । गाउँपालिका भरीका नागरिकलाई स्वरोजगार बनाउन दुई वटा गाई पालनमा सहयोग गर्ने भएको छ । दुई गाई वा पाँच वटा बाख्रा पालनमा सहकारी मार्फत सहयोग गर्ने ब्यवस्था गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो ।