‘मालिका’ निर्माता नरबहादुर पक्राउ

जनपत्र
१० असार २०७६, मंगलवार ०६:४७

अभिनेत्री रेखा थापा निर्देशित तथा अभिनीत फिल्म ‘मालिका’ का निर्माता तथा कलाकार नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरेको हो ।
सरकारले गएको फागुन २८ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । त्यसयता कार्कीले सामाजिक सञ्जालमा सरकार र प्रहरीलाई लक्षित गरेर फेसबुकमा आक्रोशपूर्ण ‘स्टाटस’ लेख्दै आएका थिए । प्रहरीले अनुसन्धानका लागि कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनी विरुद्ध कुन मुद्धा चलाउने भन्ने प्रहरीले निधो गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*