बन्दका कारण मकवानपुरको जनजिवन प्रभावित, गाडीमा पेट्रोल बम हान्ने प्रयास बिफल

हेटौंडा । बिप्लप नेतृत्वको नेकपा माओबादीको आवहानमा भएको नेपाल बन्दका कारण मकवानपुरको जनजिवन प्रभाबित भएको छ । बन्दका कारण मकवानपुरको हेटौंडाबाट चल्ने लामो तथा छोटो दुरीका सवारीका साधनहरु चलेका छैनन् ।
आजको बन्दलाई सफल बनाउनका लागि बन्दकर्ताहरुले आज बिहानै हेटौडाको नेवारपानीमा पुर्बपस्चिम राजमार्गमा गुडीरहेको ट्रकलाई पेट्रोल बम हान्ने प्रयास बिफल भएको छ । ट्रकलाई लक्षित गरेर प्रहार गरिएको पेट्रोल बम गाडीबाट छलिएपछी सडकमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पूर्ब पस्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिलोकपथ लगायतका सडकमा साना ठुला सवारीका साधन चलेका छैनन् । हेटौंडा बजार क्षेत्रमा मयुरी, अटो, मोटरसाईकल लगायतका सवारीका साधन भने चलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
बिप्लप नेतृत्वको नेकपा माओबादीको आवहानमा भएको नेपाल बन्दका कारण हेटौंडा बजार पुरै बन्द भएका छन् । हेटौंडा औद्योगिक क्षेत्रका अधिकांश उद्योग बन्द भएका छन् । हेटौंडाका बिहानी कक्षामा चल्ने क्याम्पस समेत बन्द भएका छन् । मकवानपुरका ग्रामिण सडकमा चल्ने सवारीका साधन समेत नचलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।