‘दाल भात तरकारी’ को ५१ दिन : आँचललाई आइफोन, प्राविधिकलाई बोनस

जनपत्र
९ असार २०७६, सोमबार १९:३७

गएको बैशाख २० गतेबाट प्रदर्शन सुरु गरेको सुदन केसी निर्देशित फिल्म ‘दाल भात तरकारी’ ले शनिबार राजधानीका तीन सिंगल थिएटर गोपीकृष्ण, अष्टनारायण र गुण सिनेमामा प्रदर्शनको ५१ दिन मनाएको अवसरमा निर्माण टिमले प्राविधिकलाई बोनस र प्रमाण पत्र प्रदान गरेको छ । आइतबार राजधानीमा फिल्मको ५१ दिने सेलिब्रेशन कार्यक्रम आयोजना गरिएको थियो ।
मिश्रित प्रतिक्रियाका बाबजुद पनि नेपालबाटै लगानी उठाउन सफल फिल्मको सफलताको पार्टीमा कलाकार, हल सञ्चालक, वितरक र प्रायोजकहरुलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो । वितरक कम्पनी एफडी कम्पनी र वि.के फिल्मस्ले संयुक्त रुपमा निर्देशक सुदन केसीलाई सम्मान पत्र हस्तान्तरण गरे । भने, गोपीकृष्ण मुभिजले फिल्मको टिमलाई सम्मान पत्र प्रदान गर्‍यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*