२९ दिनमै साम्राज्ञीको ‘रातो टिका निधारमा’ प्याकअ

छोटो समयमै फिल्मको छायांकन सक्ने निर्देशक हुन्- अशोक शर्मा । उनले आजसम्म कुनै फिल्मको छायांकन महिना दिनभन्दा धेरै गरेको रेकर्ड छैन । उनी निर्धारित समयमा नै फिल्म प्याकअप गर्छन् । १२ वर्षपछि गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ बाट निर्देशनमा कमब्याक गरेका उनले शुक्रबार नयाँ फिल्म ‘रातो टिका निधारमा’ को २९ दिनमै छायांकन भ्याएका छन् ।
कलाकार र मौसमले राम्रो साथ दिएका कारण फिल्मको समयमै छायांकन सकिएको उनको भनाई छ । झापा र काठमाडौंमा फिल्मको छायांकन गरिएको छ । शीर्ष गीत ‘रातो टिका निधारमा’ खिच्दै फिल्मको छायांकन सुरु भएको थियो । फिल्ममा यो गीत रि-एरेञ्ज गरेर राखिएको छ ।
पछिल्लो समय नेपाली फिल्ममा पुराना लोकप्रिय गीतलाई रि-एरेञ्ज गर्ने होड चलेको छ । तर, कुनै रिमेक भर्सनलाई दर्शकले रुचाएका छैनन् । यो भीडमा ‘रातो टिका निधारमा’ को रिमेक भर्सन अपवाद बन्ला ? यसका लागि गीतकै प्रतिक्षा गर्नुपर्ने छ । निर्देशक शर्मा भने गीतको अडियो र भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर नछाडेको बताउँछन् । फिल्म दशैंमा रिलिज हुँदैछ ।