सौगात र आकाशमा पूजा कसकी बेहुली ?

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले तेस्रो पटक सहकार्य गरेको फिल्म ‘पोइ पर्यो काले’ को छायांकन पूरा भएको छ । एक गीत खिच्न बाँकी राख्दै शुक्रबारबाट फिल्म प्याकअप भएको निर्देशक शिशिर राणाले जानकारी दिए । आउँदो कात्तिक ८ गते दिपावलीमा फिल्म रिलिज हुँदैछ । ‘रियल जोडी’ सौगात मल्ल र सृष्टि श्रेष्ठको पनि यसमा अभिनय छ ।
छायांकन सकिएसँगै निर्माण टिमले फिल्मप्रति दर्शकको कौतुहलता बढाउने केही तश्विर बाहिर ल्याएको छ । सार्वजनिक तश्विरमा पूजालाई बेहुलीको पहिरनमा देख्न सकिन्छ । भने, आकाश र सौगात बेहुलाको भेषमा देखिएका छन् । एक तश्विरमा आकाश र पूजालाई दुलहा-दुलहीको पहिरनमा रोमान्टिक मुडमा देख्न सकिन्छ । सौगात भने एक्लै देखिएका छन् ।