डोटीमा निकितासँग धान रोप्दै विराज

जनपत्र
८ असार २०७६, आईतवार ०६:५१

असार महिना । अहिले किसानहरुलाई मानो रोपेर मुरी फलाउन भ्याइनभ्याइ छ । खेतको हिलामा पसेर छुपुछुपु धान रोप्दै रोपाहारहरुले एकै स्वरमा गाएको असारे गीतले गाउँपाखा गुञ्जयमान हुन थालेका छन् । सधैं एक्सन-कटमा रमाउने अभिनेता विराज भट्ट पनि धान रोप्न डोटीको हिलो खेतमा छिरेका छन् । तर, फिल्मका लागि । उनको निर्देशन र प्रमुख भूमिका रहेको फिल्म ‘साङ्लो’ मा हालै धान रोपेको दृश्य खिचिएको छ ।
डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि विवादमा तानिएको यस फिल्मको सेटबाट विराजले हिलो खेतमा रोपाहारहरुसँग धान रोपिरहेको तश्विर बाहिरिएको छ । प्राप्त तश्विरमा उनीसँग पूर्व मिस नेपाल निकिता चाण्डक पनि देखिएकी छन् । फिल्ममा दुईको जोडी बाँधिएको छ । दोस्रो तश्विरमा निकितालाई निख्खर रातो साडीमा देख्न सकिन्छ । उनको साथमा विराज पनि छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*