हेटौंडाको सडक फराकिलो पार्न ७ बर्ष देखि ६ पटक निकालियो सूचना

हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले राजमार्गको दायाँ–बायाँ २५ मिटर सडकका संरचना खाली गर्नका लागि भनेर आजको दिन सम्म ६ पटक सूचना जारी गरिसकेको छ । हरेक पटक १५ दिने सूचना जारी गरेर हेटौंडाका वासिन्दाहरुलाई आतंकित पार्ने काम भएको यहाँका घरधनी तथा ब्यावसायीहरु बताउँछन् ।
पुर्बपस्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकको दायाँ–बायाँ २५ मिटर भित्रका घरटहरा भत्काउनका लागि भनेर आज कान्तिपुर दैनिकमा सूचना जारी भएको छैटौ पटक हो । तर, सडक सिमामा पर्ने २५ मिटर सडक बिस्तार गर्नका लागि सूचना जारी गर्ने सडक डिभिजन कार्यालयले यसपटक सडक भित्रका संरचना भत्काउँछ भन्ने स्पस्ट आधारहरु भने छैन ।
सडक कार्यालयले पटक पटक सूचना जारी गरेर घरधनी र ब्यावसायीलाई तर्साउने काम बन्द गर्नका लागि आग्रह गर्दै मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवालले भन्नुभयो–‘सडक सिमामा बनेका संरचना भत्काउनु भन्दा पहिले घरधनीलाई मुआब्जा दिनुपर्छ । बिना मुआब्जा भत्काउन पाइदैन । प्रदेश सरकारले सडकको दायाँ बायाँ १६ मिटर सडक भत्काउने भनेर निणय गरिसकेको अवस्थामा फेरी २५ मिटरको कुरा आउनु राम्रो होइन ।’
यसअघि राजमार्गको सडक फराकिलो पार्नका लागि सडक कार्यालयलाई घच्घच्याइरहने तत्कालिन क्षेत्रिय प्रशासक बिनोद केसी हुनुहुन्थ्यो । अहिले भने भित्री रुपमा सडक भित्रका संरचना भत्काउनका लागि सहयोग गर्ने हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय देखिएपनि सडक सिमामा बनाइएका संरचना भत्काउन सडक डिभिजन कार्यालय संग रकमनै आइसकेको छैन ।
सडकका घर, टहरा भत्काएर ब्यबस्थित पार्नका लागि चाहिने उपकरण लगायतका सामाग्री पर्याप्त मात्रामा छैनन् ।
अहिले २५ मिटर भित्रका संरचना भत्काउनका लागि कार्यालयमा एक्साभेटर, टिफर लगायतका उपकरणहरु रहेको बताउँदै सडक डिभिजन कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारी भन्नुहुन्छ–‘यो १५ दिनको सूचनामा दुबै राजमार्गका घर टहराहरु घरधनीले भत्काउनुहुन्छ भन्ने आसा गरेका छौं । यदी भत्काउनु भएन भने हामि संग भएका सवारी साधनले भत्काउने छौ । भत्काउन कुनै आपत्ति छैन ।’ सडक भत्काईसकेपछी संघिय सरकार संग बजेट माग गरेर सडक बनाउन पनि कुनै समस्या नहुने उहाँले बताउनुभयो ।
यसअघि रापती पुल देखि नेपाल टेलिकम सम्म भत्काइएको सडक समेत अहिले सम्म बनाइएको छैन । अरु सडक भत्काएर फराकिलो बनाउनका लागि चालु आर्थिक बर्षमा संघिय सरकारले बजेट समेत छुट्याएको छैन । सडक भत्काउने भनेर आफुहरुलाई बारम्बार तर्साएको हेटौंडाका घरधनी तथा ब्यावसायीहरु बताउँछन् ।
हेटौंडाको चुरीयामाई देखि जिल्ला प्रहरी कार्यालय सम्म, बुद्धचोक देखि चौकिटोल सम्मको मात्र सडकको दायाँ बायाँ २५ मिटर भित्र बनेका घरहरु भत्काउनका र ब्यबस्थित बनाएर राख्नका लागि पनि करोडौ रुपैयाँ खर्च हुन्छ । अझ सडक बिस्तार गरेर पक्की बनाउनका लागि अरबौ रुपमा खर्च लाग्छ । सडकको संरचना भित्र रहेका जतीपटकको सूचना जारी गरेपनि सडक कार्यालयले सडक सिमाभित्रका संरचना भत्काउने भनेर बिगत सात बर्ष अगाडी देखि सूचना जारी गर्दै आएको छ । २०६९ साल भदौ १५ गते नागरिक दैनिकमा सूचना जारी भएको थियो । त्यसपछी आजको दिन सम्म ६ पटक सूचना सम्म सडक कार्यालयले सूचना मात्र जारी गरेको छ । सडक भत्काएर बनाउने आधार भने स्पष्ट छैन ।