‘विप्लव’को नेकपाले घोषणा गर्यो नेपाल बन्दसहितका कार्यक्रमहरु

जनपत्र
६ असार २०७६, शुक्रबार १८:०८

सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । मुठभेडका नाममा सरकारले देशव्यापी रुपमा निशस्त्र कार्यकर्तामाथि हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनका कार्यक्रमहरु अन्तर्गत आसार ७ गते प्रचार–प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*