मकवानपुर मनहरीका किसान आयआर्जनमा जुटे

जनपत्र
६ असार २०७६, शुक्रबार १७:०२

हेटौंडा । मकवानपुर मनहरी गाउँपालिकाको पाँच वटा वडाका किसानहरु आयआर्जन तर्फ लाग्न थालेका छन् । पहिले निर्बाहमुखी रुपमा पशुपालन, तरकारी खेति, मौरी पालन लगायतका क्षेत्रमा लागेका हाँडिखोलाका किसानहरु अब भने ब्यावसायीक आयआर्जनको क्षेत्रमा लागेका हुन् ।

नारी सिप सृजना केन्द्र नेपालको आयोजना तथा आओ इन्टरनेष्नलको सहकार्यमा मकवानपुरमा मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थावागमन प्रबर्दन परियोजना अन्तरगत किशानहरुका लागि लक्षित गरेर बिगत पाँच महिना अगाडी देखि कार्यक्रम गरिएपछी किशानहरु आत्मनिर्भर बन्न थालेका हुन् । मनहरी गाउँपालिकाको वडानम्बर १, २, ३, ४ र ५ वडाका किसानहरुका लागि मौरीपालन, तरकारी खेति पशुपालन लगायतका क्षेत्रमा तालिम दिएपछी किसानहरु ब्यावसायीक रुपमा काम गर्नका लागि उत्साहित भएको नारी सिप सृजना केन्द्र नेपालका कार्यकारी निर्देशक चिरन्जिबी पौडेलले बताउनुभयो ।

घरखर्च धान्न नसकेर दुबई पुग्नुभएका मनहरी गोगनपानीका गोबिन्द प्रसाद बतौला दुईदिनको पशुपालन तालिमपछी अब ब्यावसायीक रुपमा गाईपालन गर्ने बताउनुहुन्छ । अहिलेसम्म निर्वाहमुखी रुपमा पशुपालन गर्नुभएका घिमिरे अब भने ब्यावसायीक गाईपालन गर्ने सोच बनाएको बताउनुहुन्छ । मनहरी १ गोगनपानीकी दुर्गामायाँ शंखरे ढकालले कुखुरा पालन तालिम लिएर ब्याबसायीक रुपमा काम गर्न थालिएको बताउनुहुन्छ । मनहरी ५ की गंगा भूजेलले पनि पशुपालन तालिम लिएपछी भैसीपालन सुरु गरेको बताउनुहुन्छ ।

मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्टले नारी सिप सृजना केन्द्रले आफुहरुसंगको साझेदारीमा तल्लोबर्गका किसान समक्ष पुगेर काम गरेको बताउनुभयो । यस कार्यक्रमका लागि गाउँपालिकाले पनि समन्वय गरेर काम गरेको बताउँदै उहाँले भन्नुभयो–‘नारी सिपले सचेतनाका काम संगै आयआर्जनका काम पनि गरेको छ । त्यसले गर्दा किसानहरुका निम्ति फलदायी कार्यक्रम हुने छ । जतीपनि कार्यक्रम भएका छन् ती कार्यक्रम फलदायी भएको मैले पाएको छु ।’ गैरसरकारी संस्थाले सधैभरी काम गर्न नसक्ने भएकाले अब यी कामहरुलाई स्थानीय सरकारले आफ्नै कार्यक्रमका रुपमा लिएर काममा सघाउने बताउनुभयो ।

हाडिखोलामा गरिएको कामका बिषयमा परियोजनाका फोकलपर्सन सिता अधिकारी, कार्यकारी निर्देशक चिरन्जिबी पौडेल, फिल्ड संयोजक कबिता बिडारी, मकवानपुरका बिभीन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*