गढी–५ ज्यामिरे खोलामा पुल निर्माण सुरु
संघिय, प्रदेश र स्थानीय सरकारको लगानीमा पक्की पुल निर्माण सुरु भएको हो ।

हेटौंडा । मकवानपुर गढी गाउँपालिका वडानम्बर ५ ज्यामिरेमा पक्की पुल निर्माणको काम सुरु गरिएको छ । गढी गाउँपालिकाले ठेक्का मार्फत पुल निर्माणको काम सुरु गरेको हो । गढी ५ को सिमल्टार र कालिवन जोड्नका लागि ज्यामिरे खोलामा पुल निर्माण गर्न लागिएको छ । पुल नहुँदा बर्षायाम लागेपछी सवारीका साधन ओहोर दोहोर गर्नका लागि समस्या भोग्दै आएका गढी गाउँपालिकाका नागरिकलाई अब भने सजिलो हुने भएको हो ।
कुल ४ करोड ७० लाख रुपैयाँ लागतमा ठेक्का मार्फत पुल निर्माण गर्न लागिएको मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो । पुल निर्माणका लागि संघिय सरकार, प्रदेश ३ सरकार र गढी गाउँपालिकाको सहयोगमा निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । पुलको चौडाई ७ मिटर रहेको छ भने लम्बाई ३५ दशमलब ५ मिटर लम्बाई रहेको अध्यक्ष हुमागाईले बताउनुभयो ।