जथाभावी खोला उत्खनन् गरिएको २० हजार घनमिर नदिजन्य पदार्थ जफथ, ७३ लाख रुपैयाँ जरिवाना गरिने

जनपत्र
५ असार २०७६, बिहीबार १९:१३

हेटौंडा । हेटौंडाका खोलामा तोकिए भन्दा बडी उत्खनन् गर्ने कम्पनिलाई जरिवाना गर्दै ढुङ्गा, गिट्टी, वालुवा जफथ गर्ने निणय गरिएको छ । जिल्ला स्तरिय ढुङ्गा, गिट्टी, वालुवा अनुगमन तथा समन्वय समितिको बैठकले खोलामा तोकिएको भन्दा बडी परिणाम नदिजन्य पदार्थ उत्खनन् गर्नेलाई कार्बाही स्वरुप यो निणय गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको स्थानीय अनुगमन समितिले बडी उत्खनन् गरेको भनी देखाएको २० हजार ६ सय ४८ घनमिटर नदिजन्य श्रोत सम्बन्धी उत्खनन्कर्ताबाट हेटौंडा उपमहानगरपालिकाले जफथ गर्नुपर्ने निणय गरेको हो । जफथ गरिएको ढुङ्गा, गिट्टी, वालुवा उपमहानगरपालिकाले ठेक्का संझौता भएको उल्लेखित दररेटमा नघट्नेगरी अबिलम्ब लिलाम बिक्री गर्नुपर्ने निणय गरिएको जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन समितिका संयोजक रघुनाथ खुलालले बताउनुभयो ।

यसैगरी उत्खनन्कर्ता मोतिदान कन्ट्रकसन सेवा प्रालिलाई ७३ लाख १३ हजार रुपैयाँ जरिवाना रकम सरकारको राजस्व खातामा जम्मा गर्र्नुपर्ने समेत निणय गरिएको छ । यसैगरी आजको बैठकले मकवानपुरका वालुवा प्लान्टलाई ब्यवस्थित गर्ने पनि निणय गरिएको प्रमुख खुलालले बताउनुभयो । त्यसैगरी ढुङ्गा, गिट्टी, वालुवाको स्टक प्रमाणित गर्नका लागि उपसमिति समेत गठन गरिएको छ । अनुगमन समितिले गरेको निणय जस्ताको तस्तै ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*