स्कटल्याण्डलाई पराजित गर्दै युक्रेन ‘प्ले अफ फाइनलमा’

जनपत्र
१९ जेष्ठ २०७९, बिहीबार ०७:५४

युक्रेन फिफा विश्वकप छनोटको प्ले अफ फाइनलमा पुगेको छ। गएराति भएको खेलमा स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो।

खेलको ३३ औँ मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए। यस्तै, ४९ औँ मिनेटमा रोमन यारेम्चुकले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाएका थिए। खेलको ७९ औँ मिनेटमा कलुम म्याकग्रेगोरले गोल गर्दै स्कटल्याण्डलाई २–१ को स्थितिमा ल्याए।

तर, खेलको इन्जुरी समयमा आर्टिम डोभयकले गोल गर्दै युक्रेनलाई ३–१ को सहज जित दिलाए । अब युक्रेनले प्ले अफ फाइनलमा वेल्सको सामना गर्नेछ। विजेताले कतार विश्वकपमा स्थान बनाउने छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*