पर्यटकिय क्षेत्र बनाउँदै हेटौंडामा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

जनपत्र
५ असार २०७६, बिहीबार १६:४२

हेटौंडा । हेटौंडा १८ हर्नामाडीमा रहेको गुम्बाडाँडाबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरिएको छ । हेटौंडाका १९ वटा वडा मध्यमा हर्नामाडीबाट हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यो कार्यक्रमको सुरुवात गर्नुभएको हो । गुम्बाडाँडामा नमुना रुपमा फूलको बगैचा बनाउँदै कार्यक्रमको सुरुवात गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कामका लागि पारिश्रमिक दिने उदेस्यले हेटौंडामा पहिलोपटक कामको सुरुवात गरिएको छ ।

हर्नामाडीमा फूलै फूलको बगैचा बनाएर पर्यटकिय क्षेत्र बनाउनका लागि सहयोग गर्ने उदेस्यले कार्यक्रममा निबेदन परेकाहरुलाई रोजगारी दिइएको मेयर महतले बताउनुभयो । रोजगारीको अभाब भएकाहरुलाई काम दिएर स्वरोजगार बनाउन लागिएको बताउँदै उहाँले भन्नुभयो–‘हेटौंडाको शहिद स्मारकलाई पर्यटकिय क्षेत्र बनाउनका लागि पनि यसैगरी सानो रुपमा बिरुवा रोपेर कामको सुरुवात गरिएको थियो । अहिले स्मारक यती ठुलो पर्यटकिय क्षेत्रको रुपमा परिचित भयो । गुम्बाडाँडालाई पनि उत्कृष्ट पर्यटकिय क्षेत्रको रुपमा अगाडी बढाउनका लागि पनि हामी सहयोग गछौ ।’

गुम्बाडाँडामा पर्यटकिय क्षेत्र बनाउनका लागि यस कार्यक्रम अन्तरगत ५० जनालाई पहिलो चरणमा रोजगारी दिइएको उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले बताउनुभयो । रोजगारी बिहीन भएका अधिकांस महिलाहरुलाई काम गर्न दिइएको हो । फूलको बगैचा बनाउनका लागि महिलाहरुका लागि काम पनि उपयुक्त र पर्यटकिय क्षेत्रको पनि थप बिकाश हुने उहाँले बताउनुभयो । गुम्बाडाँ पहिलेको भन्दा अहिले सुधार गरिएको र अब पनि थप राम्रो बनाउने अभियामा लागिएकाले बजेटको अपुग हुन नदिन हेटौंडा १८ का वडाअध्यक्ष अनिल बानियाँले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा हेटौंडाबाटा १२ हजार जनाको निबेदन

हेटौंडा उप–महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार सेवा केन्द्रमा १२ हजार जनाले निबेदन दिएका छन् । हेटौंडाका १९ वटै वडामा गरी बेरोजगार युवाहरु १२ हजार जनाले निबेदन दिएका हुन् । यही असार महिनामा एक सय ५० जना युवालाई रोजगारी दिइने तयारी भएको हेटौंडा मेयर महतले बताउनुभयो । बेरोजगार युवाहरुलाई असार महिनामा २० दिन बराबरको रोजगारी दिने तयारी भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत हेटौंडामा फूल बगैचा निर्माण, सिंचाईको क्षेत्र, मयुरधाप पार्क निर्माण, डिपी डाँडा पार्क निर्माण, कुनाटोल सिंचाई मर्मत, राजदेबि मन्दीर पदमार्ग निर्माण, हुप्राचौर गार्डे्निङ, मेनरोड मर्मत, पाथीभरा मन्दीर बिश्रामस्थल निर्माण, प्रतिक्षालय निर्माण, गुम्बाडाँडा फूल बगैचा निर्माण लगायतका काममा लगाइने मेयर महतले बताउनुभयो । बेरोजगार युवालाई रोजगारीका काम दिलाउनका लागि उपमहानगरपालिकाले यो निणय गरेको छ ।

निबेदन परेकाहरुलाई असारमा केहीलाई मात्र रोजगारी दिएपनि अरुलाई भने क्रमस आगामी आर्थिक बर्षमा रोजगारी दिने तयारी भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत हेटौंडा उपमहानगरपालिकाका रोजगार संयोजक बिजन श्रेष्ठले बताउनुभयो ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार सेवा केन्द्र हेटौंडामा एक करोड रुपैयाँको मेयर महतले संझौता गर्नुभएको छ । यही रकम बराबरबार रोजगारी दिन लागिएको हो ।

रोजगार कार्यक्रम अन्तरगत एक जना युवाले एक दिन काम गरे वापतमा ५ सय २५ रुपैयाँ पाउने व्यावस्था गरिएको छ । एक करोड रकम मध्यमा ७० प्रतिशत रकम श्रमिकले ज्याला वापत रकम पाउने, २५ प्रतिशत रकम सामाग्री खरिद, ३ प्रतिशत औजार खरिदगर्ने गरी रकम हेटोंडामा आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*