हेटौंडाबाट ३७ केजी गाँजा सहित ३ जना पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा ९ स्थित पुर्ब पस्चिम राजमार्गबाट ३७ केजी गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । गाँजा ओसार्नका लागि भारतिय गाडीको पछील्लो समयमा निकै प्रयोग भएको पाईएको छ । मकवानपुर र छिमेकी धादिङ जिल्लामा उत्पादित गाँजा भारत निकासी गर्नका लागि तस्करलाई सजिलो हुने भएकाले भारतिय गाडीको बडी प्रयोग गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ अन्तर्गत पर्ने पश्चिम सडकखण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलिले बुधबार हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको भारतिय बिआर ०१ सिएन ६९८६ नंबरको कारलाई रोकी चेकजाँच गर्दा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
पक्राउ पर्नेमा पर्सा जिल्ला पटेरवा गाउँपालिका वडा नंबर १ बस्ने ३२ वर्षिय साम महमद, भारतको बिहार बैसाली मोहनपुर बस्ने २४ वर्षिय मनिष कुमार र भारतको बिहार नोगवा बस्ने वर्ष ४५ की अन्नु देवी पासवान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । पक्राउ परेको गाँजा, गाडी र मानिसलाई आज पत्रकार समेलन गरेर प्रहरीले सार्बजनिक गरेको छ ।