मकवानपुरका किसानलाई चैते धान थन्क्याउने चटारो (फोटो फिचर)

जनपत्र
५ असार २०७६, बिहीबार ०६:२८

हेटौंडा । मकवानपुरमा चैते धान भित्रयाउन किसानहरु लागिपरेका छन् । सिंचाई सुबिधा भएका मकवानपुर गढी गाउँपालिका, बागमती गाउँपालिका, बकैयाँ गाउँपालिका, मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका लगायतका क्षेत्रमा खेतमा चैते धान लगाएका किसानले धान भित्रयाउन लागिपरेका हुन् । अहिले बिहानको झिसमिसे देखि साँझ सम्म मकवानपुर गढी गाउँपालिका वडानम्बर ५ भालुखोला र धादिङका किशानहरु यसरीनै लागिपरेका छन् ।

किसानहरु कतै मकै बाली भित्रयाउने त कतै धान काट्ने, चुट्ने गर्दै छन् । कतै भने चैते धान हरियो बन्दै छ । कतै बर्षायाममा मात्र खेति गर्न मिल्ने खेतमा धान रोप्ने तयारीमा किसान लागिपरेका छन् । गाउँपालिकाको नेतृत्वमा सिंचाई सुबिधा पुगेका खेतमा अहिले किसानहरु मकै, धान लगायतका अन्नवाली थन्क्याउन भ्याई नभ्याइ भएको किसानहरु बताउँछन् ।

धान थन्क्याएर फेरी अहिले असारमा धान रोप्नका लागि बिभीन्न गाउँपालिका संगै नगर क्षेत्रमा पनि किशानहरु जुटीसकेका छन् । दुईबाली धान भित्रयाउने र मकै, गहुँ, तोरी समेत लाग्ने खेतबारी भएका किसानहरुलाई बिहान बेलुका हातमुख जोर्नका लागि समस्या नहुने कृषि बिज्ञहरु बताउँछन् । तस्विरमा धान खेति ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*