गायक रामचन्द्र चन्द र समीक्षा बि सीको “तीन फुर्के डोरि” यसरी कसियो हेर्नुस भिडियो

नेपाली लोक दोहोरीको क्षेत्रमा फेरी अर्को राम्रो गीत तीन फुर्के डोरि थपिएको छ । उक्त गीतमा चर्चित लोक दोहोरी गायक रामचन्द्र चन्द र गायिका समीक्षा बि सीको स्वर रहेको छ ।
हुम गैरेको लय तथा शब्द संकलन रहेको उक्त गितको म्युजिक भिडियोमा नायिका अनु शाह र शंकर बि सीको दमदार नृत्य देख्न पाईन्छ । मायाँ साह्रै छ, चरि रुखमा, अब देखि एक्लै हुम्ला म, फुल फुल्यो केसरि जस्ता चर्चित गितका गायक रामचन्द्रको नयाँ कोसेलीले पनि नेपाली लोक पाराखीहरुको मन जित्ने आशा गरिएको छ । चर्चित निर्देशक शंकर बि सी ले निर्देशन गरेको गीतको भिडियो छ्याङकन भने राजेश घिमिरेले गरेका हुन् ।
भिडियो हेर्नुस