ईटहरीका मेयरले किन भने ‘र…डी (अपाच्य शब्द) जिन्दावाद’?

जनपत्र
४ असार २०७६, बुधबार १७:३८

सुनसरीको ईटहरीस्थित लविपुर क्षेत्रमा बढ्दो वेश्यावृत्ति रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पुगेका ईटहरीका मेयर द्धारिकलाल चौधरीले र…डी (अपाच्य शब्द) जिन्दाबाद भन्ने शब्दलाई बारम्बार दोहोर्याएपछि कार्यक्रममा उपस्थितले अप्ठयारो महशुस गरेका छन ।

मेयरको घरमा बेश्यावृत्ती भनेर केही पत्रकारले दिएको अभिव्यक्तिको आलोचनाबाट भाषण सुरु गरेका उनले सो क्षेत्रमा वेश्यावृत्तीले नराम्रो प्रभाव पारेको बताए । होटलका लागि भाडामा दिएको आफ्नो घरमा होटल सञ्चालकले यौनजन्य गतिविधि गराएको थाहा पाएपछि आफूले होटलको बोर्ड नै फ्याँकिदिएको उनले बताएका छन । सोही क्रममा उनले त्यहाँका होटलमा हुने यौन गतिविधिका कारण त्यहाँको व्यापार चल्ने गरेको बताए । ‘यहाँ र…डी (अपाच्य शब्द)को कारण कस्मेटिक पसल चल्दोरैछ, घरभाडा पनि चल्दो रैछ, दबाई दोकान पनि चल्दो रैछ,’ उनले थपे, ‘मनोरन्जन गर्न र…डी (अपाच्य शब्द) चाइया छ । घरभाडा लगाउन र…डी (अपाच्य शब्द) चाइया छ । कण्डम बेच्न र…डी (अपाच्य शब्द) चाइया छ । पिल्स बेच्न र…डी (अपाच्य शब्द) चाइया छ । र…डी (अपाच्य शब्द) जिन्दावाद ।’

उनले बारम्बार र…डी (अपाच्य शब्द) शब्द उच्चारण गर्दै जिन्दावाद भनेपछि त्यहाँ रहेका महिलाहरुले भने अफ्ठेरो मानेका थिए । कार्यक्रममा बोल्दै स्थानीयले प्रहरीको भूमिका प्रभावकारी नभएकोमा गुनासो गरेका थिए । यस्तै प्रदेश सांसद लिलम बस्नेतले यौन व्यवशायलाई संघीय सरकारले कानुन बनाएर बैद्यता दिनुपर्ने बताए । सुनसरीको इटहरी १६ स्थित लबिपुर र बसपार्क क्षेत्रमा सञ्चालन हुने होटलहरुमा हुने गरेको बेश्यावृत्तीको कारण इटहरीकै छवि नकारात्मक बनेको बन्दै आएको छ ।
पुर्वेली न्युजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*