‘होस्टेल ब्याक अगेन’ का लागि कलाकारको खोजी

अभिनेतामा अहिलेका ‘हटकेक’ अनमोल केसीलाई ‘स्टार’ बनाएको फिल्म हो- ‘होस्टेल’ । यो फिल्म सफल भएपछि उनले पछाडि फर्किएर हेर्नु परेको छैन । यो फिल्म सफल हुनुको कारण उनलाई नै मानिएको थियो । उक्त फिल्मबाट उनीसँगै सलोन बस्नेत र गौरव पहारीले पनि डेब्यू गरेका थिए । दोस्रो सिरिजबाट भने लिड हिरोको रुपमा शुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेनले डेब्यू गरे ।
अब, यस फिल्मको तेस्रो सिरिज निर्माण हुँदैछ । ‘होस्टेल ब्याक अगेन’ नाम जुराइएको फिल्मलाई दुर्गीश फिल्म्स् र ब्ल्याक हर्स प्रोडक्सनले निर्माण गर्दैछ । भने, दुई सिरिजमा निर्माता र कलाकारको रुपमा रहेका सुनिल रावलले निर्देशन गर्नेछन् । उनले यो फिल्मबाट निर्देशनमा हात हाल्न लागेका हुन् । फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा हुनेछ । यसको अगस्टबाट छायांकन सुरु हुनेछ ।