मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन

जनपत्र
३ असार २०७६, मंगलवार ०९:५६

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर साखाले मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग गर्दै आज बिहान हेटौंडाको स्कुलरोडमा हस्ताक्षर संकलन कार्यक्रम गरेको छ । महासंघको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार हेटौंडाको ब्यस्त बजार स्कुलरोडमा हस्ताक्षर संकलन गरीएको हो ।

 

आज प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने अभियान अनुसार हेटौंडामा पनि कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताउनुभयो । आज संकलन गरिएको हस्ताक्षर असार ६ गते जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो ।

आजको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्टले हस्ताक्षर गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा महासंघ प्रदेशका महासचिब कृष्ण सारु मगर, महासंघ मकवानपुर साखाका पुर्ब अध्यक्ष राममणि दाहाल, महासंघका उपाध्यक्ष कुमार अधिकारी, सचिब गणेश दर्पण अधिकारी लगायतका मकवानपुरका पत्रकार तथा सर्ब साधरणहरुले हस्ताक्षर गर्नुभएको थियो ।
महासंघको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत असार २० गते वृहत प्रेस स्वतन्त्रता सभा आयोजना गर्ने, असार २५ गते लालटिन जुलुस आयोजना गर्ने र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*