राजेश हमालले ‘प्रेमगीत ३’ नगर्ने

लामो समयदेखि चर्चामा रहेको फिल्म ‘प्रेमगीत ३’ मा अभिनेता प्रदीप खड्काको पिताको भूमिकामा अभिनेता राजेश हमाललाई अफर गरिएको थियो । निर्माण कम्पनी आशुसेन फिल्मस्का सन्तोष सेन र हमालबीच फिल्मलाई लिएर विभिन्न चरणमा छलफल समेत भएको थियो । स्क्रिप्ट सुनेपछि फिल्म गर्ने मनस्थिति बनाएका हमालले अन्ततः ‘प्रेमगीत ३’ नगर्ने भएका छन् । यसको जानकारी निर्माता सेनले फिल्मीखबरलाई दिए ।
उनले भने, ‘हामीले राजेश हमाललाई प्रदीपको पिताको भूमिका अफर गरेका थियौं । उहाँको राजाको भूमिका थियो । पछि उहाँले प्रदीपको दाईको भूमिका गर्ने इच्छा व्यक्त गर्नुभयो । हामी यसका लागि पनि तयार थियौं । केही दिन अगाडि हाम्रो सांग्रिला होटलमा अन्तिम छलफल भएको थियो । उहाँले सेड्युल मिलाएर खबर गर्ने बताउनुभएको थियो । तर, आइतबार उहाँको एक सदस्यबाट सेड्युल नमिलेका कारण फिल्म गर्न नसक्ने म्यासेज आएको छ ।’ हमालले फिल्म नगर्ने भएपछि निर्माता सेनले प्रदीपको पिताको भूमिकाका लागि सोमबारबाट कलाकार छनोटमा जुट्ने बताए ।