बुटवल उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

जनपत्र
१ जेष्ठ २०७९, आईतवार ०८:१७

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले मतान्तर बढाउँदै लगेका छन् ।

आइतबार बिहान ५ बजेसम्म ५ हजार ७७ मत गणना हुँदाको परिणाम अनुसार पाण्डेयले २२१४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
बुटवलमा वडा नंं १ को मत गणना सकिएको छ भने २ र १९ को मत गणना जारी छ ।

नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचनले ६१३ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी साबित्रादेवी अर्यालले १४८२ मत ल्याएर अग्रता लिएकी छन् । गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १२८१ मत पाएका छन् । राप्रपाकी भगवति पाण्डेले ८०४ मत पाएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*