पानी परेपछी मकवानपुरका किशानलाई राहत

हेटौंडा । गएराती पानी परेसंगै मकवानपुरका किशानहरुले केही राहतको महसुस गरेका छन् । पछील्ला दिनमा बढेको चर्को घाम र गर्मीका कारण मकवानपुरका किशानले बारीमा लगाएको मकै, तरकारी बाली समेतमा राहत मिलेको हो । चर्को घामका कारण किशानले बारीमा लगाएको अन्न बाली र तरकारी मर्न थालिसकेको थियो । तर, गएराती पानी परेपछी राहत मिलेको मकवानपुरका किशानहरुले बताएका छन् ।
पानी परेसंगै हेटौंडामा आज बिहान केही शितलता महसुस गरिएको छ । चर्को घाम संगै निकै गर्मी बढेपछी हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, बकैयाँ गाउँपालिका लगायतका क्षेत्रका बिद्यालयमा बिदा दिइएको थियो । गएराती पानी परेपछी केही शितल महसुस भएको हेटौंडा ४ का श्याम सापकोटा बताउनुहुन्छ ।