सरकारले जानिजानी देशमा द्वन्द्व निम्त्याउदैछ: कमल थापा

जनपत्र
२ असार २०७६, सोमबार १८:१५

हेटौंडा/ सरकारले विभिन्न बिवादित बिधेयक ल्याएर देशलाई जानिजानी द्वन्दतर्फ लैजान थालेको राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय अध्यक्ष कमल थापाले बताएका छन् ।

प्रदेश ३ को राजधानी हेटौंडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । मिडिया काउन्सिल बिधेयक, गूठी बिधेयक, राष्ट्रिय मानव अधिकार बिधेयक, नागरिकता सम्बन्धि बिधेयक, राष्ट्रिय सुरक्षा बिधेयकमा देखिएको बिवादले देशलाई गम्भीर मुडभेडतर्फ धकेलेको थापाले बताए ।

पार्टीको राष्ट्रिय जागरण अभियानको क्रममा हेटौंडा आईपुगेका अध्यक्ष थापाले प्रेस स्वतन्त्रता कण्ठित पार्ने तवरले मिडिया हाउसलाई नियन्त्रणमा लिन सरकारले मिडिया काउन्सिल बिधेयक ल्याएको बताए । यसैगरी सेनालाई वाईपास गर्दै प्रधानमन्त्रीले आफ्नो नियन्त्रणमा सुरक्षा निकायलाई लिने उदेश्यका साथ राष्ट्रिय सुरक्षा बिधेयक ल्याएको थापाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै थापाले नागरिकता सम्बन्धि बिधेयक झनै गम्भीर त्रुटि भएको र यो राष्ट्रिय हित बिपरित भएको बताए । “सरकार बैचारिक र नितिगत रुपमै राष्ट्रिय हितभन्दा पर जादैछ” अध्यक्ष थापाले भने “दुई तिहाइ मतको दम्बमा सरकारले गतल बाटो अबलम्बन गरिरहेको छ,यो सरासर गतल हो ।” उनले प्रधानमन्त्री केपि शर्मा ओलिलाई ब्यक्तिगत रुपमै भेटेर गतल बिधेकको रुपमा आफ्नो र आफ्नो पार्टीको धारणा सहित सच्चिनको लागि सुझाव दिएको बताए ।

हामी आत्मालोचना गर्दै अभियानमा छौ: थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय अध्यक्ष कमल थापाले गत निर्वाचनमा आफ्नो पार्टिले अप्रत्याशित हार ब्यहोरेको कारण अहिले आफ्नोपार्टी देशब्यापी रुपमा जागरण अभियान रहेको बताएका छन् ।

“हामीले मुलुकको ७५३ वटै स्थानीय निकाय, गाउपालिकाको वडा वडामा समेत अभियान पुर्‍याएका छौ” थापाले भने ” किनको अब हामी साच्चै सच्चिएर अगाडी बड्न चाहन्छौ । आगामी असार ६ गतेदेखि हुने बिस्तारित बैठक र अहिले जारी राष्ट्रिय जागरण अभियानको उदेश्य एउटै रहेको अध्यक्ष थापाले बताए ।
चुनाव हार्नुको मुख्य ३ कारण बारे बताउदै अध्यक्ष थापाले त्यो हारबाट पाठ सिकेको बताए ।

कांग्रेससंग सहकार्यको लागि भएको लिखित सहमतिमा कांग्रेसले इमान्दारिता पूरा नगर्नु, संसदीय निर्वाचनमा सबै क्षेत्रमा आफूले उम्मेदवार नउठाउनु आफ्नो पार्टीको हारको कारण भएको थापाले बताए । “हामी हिन्दु राज्यको एजेन्डा बोकेर,जुन पार्टीको सरकार आएपनी लुसुलुसु सरकारमा गएको पनि जनताले रुचाएका रहेनछन” थापाले भने ।

यिनै गल्ती सच्याएर आगामी निर्वाचन जान र पार्टीको भाबी रणनीति योजनाबारे प्रष्ट पार्न लागिपरेको थापाले पत्रकार सम्मेलनमा बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*