बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ

हेटौँडा । हेटौंडाको बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनि युनिलिभर लिमिटेडमा धर्ना दिएका ४१ ज्ना जमदुरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । युनिलिभरले मजदुरलाई विना जानकारी एकाएक उद्योग बन्द गरि आफुहरुको रोजिरोटी खोसेको भन्दै आन्दोलनरत हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको गंगा सोपका मजदुरहरुले आज युनिलिभर बसामाडीमा धर्ना दिएका थिए । उद्योगको आवागमनमानै समस्या हुनेगरी धर्ना दिएकाले ४१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
विहान ८ बजेबाट धर्नामा बसेका मजदुरलाई साढे १० बजे प्रहरीले नियन्त्रणमा लिएको हो । पुन उद्योग सञ्चालन तथा आफुहरुको रोजगारीको ग्यारेन्टी हुनुपर्ने माग सहित आन्दोलन गरिरहेका मजदुरहरुले १० औँ वर्षबाट काम गरिरहेको आफुहरुलाई उद्योग प्रशासनले विना क्षतिपूर्ती जागिर बिहिन बनाएको बताएका छन् । यस अघि पटक–पटक आन्दोलन गरेपनि कुनै निश्कर्ष निस्कन नसकेपछि आज मजदुरहरुले युनिलिभरको गेटमा धर्ना दिएका हुन् । उद्योग बन्द गरिएपनि मजदुरले भने क्षेतीपूर्ति रकम पाउन सकेका छैनन् ।