१३औँ सागको स्वर्ण विजेता सञ्जु मृत भेटिइन्

जनपत्र
२७ बैशाख २०७९, मंगलवार ११:१०

काठमाण्डाै – १३ औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत भेटिएकी छिन् ।

एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा मृत भेटिएकी ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले १३ औँ सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*