प्रदेश ३ को बजेटमा ठुला नारै नारा, कार्यान्वयनको चिन्ता

जनपत्र
२ असार २०७६, सोमबार ०६:३०

हेटौंडा । प्रदेश ३ सरकारले आईतबार प्रदेश सभामा प्रसतुत गरेको बजेटमा धेरै नारै नारा प्रस्तुत गरिएको छ । प्रदेशको पहिचान सहितको बजेट ल्याउने भनेको सरकारले नारा धेरै राखेको हो । तर, नारा अनुसार कार्यान्वयनमा भने सफल हुन नसक्ने हो की भन्नेमा प्रदेश सांसदहरुले चिन्ता ब्यक्त गरेका छन् । आईतबार संसदमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रस्तुत गर्नुभएको बजेटमा बजेटको बिषय प्रबेश गर्दा नाराबाट सुरुवात गर्नुभयो ।

प्रदेश सरकारले घोषणा गरेको बजेटमा लोकप्रिय नाराहरु समेटिएका छन् । बजेट वक्तव्यमा परेका १५ वटा नाराहरु यस्ता छन् ।

निरक्षरतामुक्त प्रदेश तीन, पूर्ण साक्षर भएको उज्यालो दिन ।

प्रदेश ३ को ईच्छा, छोरी बुहारीलाई उच्च शिक्षा ।

प्रदेश तीनको सरोकार, महिलालाई सामाजिक र आर्थिक अधिकार ।

प्रदेश र स्थानीय तहको एउटै सन्देश, वालविवाहमुक्त हाम्रो प्रदेश ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद ।

एक स्थानीय तह, एक विशेष उत्पादन ।

वातावरण संरक्षणमा हाम्रो अभिभारा, पृथ्वी हाम्रो सहारा ।

पर्यटन क्षेत्रको विस्तार, प्रदेश समृद्धिको आधार ।

एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम ।

एक घर, एक धारा ।

प्रदेश सरकारको पहिचान, निःशुल्क कानूनी जनसहायता अभियान ।

वित्तीय साक्षरताको आधार, बैंकिङ प्रणालीमार्फत सबै कारोबार ।

प्रदेश सरकारको भावना, जिम्मेवार नागरिकको कामना ।

एक नेपाली एक फलफूल विरुवा रोपण ।

एक समूह, एक वन उद्यम कार्यक्रम ।

प्रदेश नम्बर ३ सरकारले आउँदो आर्थिक बर्ष २०७६–०७७ का लागि आज संसदमा ४७ अर्ब ६० करोड ८७ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्यमा ५१ द्यशमलब ३९ प्रतिशत अर्थात २४ अर्ब ४६ करोड रुपैयाँ चालु खर्च रहेको छ । त्यसैगरी पुँजीगत खर्च तर्फभने ४७ दशमलब ९८ प्रतिशत अर्थात २२ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ छुट्याइएको अर्थ मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताउनुभयो । बित्तीय ब्यबस्थापनमा ३० करोड रुपैयाँ छुट्याइएको छ ।

सरकारका आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुङ्गेलले आउँदो आर्थिक बर्षका लागि यो बजेट बजेट प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई अधिकांश बजेटमा समेटिएको छ । धेरै जसो सरकारले नीति तथा कार्यक्रमलाई बजेटमा समेटेन भन्ने आलेचना भईरहेको बेलामा प्रदेश ३ सरकारले भने नीति तथा कार्यक्रममा समेटिएका बिषयमा जोड दिदै आजको बजेट ल्याएको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*