प्रदेश ३ का ७ मन्त्रालयको यस्तो छ बजेट

भौतिक पुर्बाधार मन्त्रालयमा सबै भन्दा बडी, मुख्यमन्त्री कार्यालयमा सबै भन्दा कम रकम ।
जनपत्र
१ असार २०७६, आईतवार १९:३६

हेटौंडा । प्रदेश नम्बर ३ को सरकारको ७ वटा मन्त्रालयलाई बजेटको सिलीङ दश अर्ब रुपैयाँ सम्मको दिएको छ । प्रदेश ३ को सबै भन्दा बडी रकम भौतिक पूर्बाधार बिकाश मन्त्रालयले प्राप्त गरेको छ । भौतिक पूर्बाधार बिकाश मन्त्रालयले करिब दश अर्ब रुपैयाँको हाराहारीमा बजेट प्राप्त गरेको मन्त्रालय श्रोतले जनाएको छ ।

यहाँका सबै मन्त्रालयलाई आफ्नो बिषयगत मन्त्रालयको काम गर्नका लागि बजेट छुट्याइएको थियो । त्यस क्रममा भौतिक मन्त्रालयले सबै भन्दा बडी रकम र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सबै भन्दा कम रकममा काम आउँदो आर्थिक बर्षमा प्राप्त गर्ने भएको हो ।

प्रदेश नम्बर ३ को सामाजिक बिकाश मन्त्रालयले करिब साढे ४ अर्ब, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पनि साढे चार अर्बको हाराहारीमा बजेट दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई साढे चार अर्ब, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई २ अर्ब, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ४० करोड रुपैयाँको हाराहारीमा बजेट छुट्याइएको श्रोतको भनाई छ ।

अरु ६ वटै मन्त्रालयलाई बजेट छुट्याएर बाँकी रकम भने आर्थिक मामिला तथा योजना मन्त्रालयमै रहने ब्यवस्था रहेको छ । आर्थिक मन्त्रालयमा रहने बजेट प्रदेश ३ का एक सय १९ वटा स्थानीय तहका महाँनगरपालिका, उपमाहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई दिइने निर्शत र सशर्त बजेट राखिएको छ । यो बजेट भने बिस्तारै आर्थिक मामिला मन्त्रालयले पठाउने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*