भरतपुरमा गठबन्धनले चुनावी कार्यक्रम गर्न तयार गरेकाे मञ्च पानीले क्षतविक्षत

जनपत्र
२२ बैशाख २०७९, बिहीबार ०८:३९

चितवनमा आयोजना हुन लागेको सत्ता गठबन्धनको चुनावी कार्यक्रम स्थल वर्षाका कारण क्षतविक्ष बनेको छ । आज सत्ता गठबन्धनको चुनावी कार्यक्रम छ । तर यसका लगि तयार गरिएको कार्यक्रम मञ्च बुधबार राति परेको भारी वर्षाका कारण मञ्च र त्यसआसपासका क्षेत्र पानीले भरीभराउ भएका छन् ।

भारी वर्षाका कारण मञ्चका पर्दा, काँग्रेस र माओवादी केन्द्रका संयुक्त झण्डाहरु पानी र हिलोमा लतपतिएको अवस्थामा पुगेका छन् । यद्यपि कार्यक्रम भने नरोकिने गठबनधन चितवनका नेताहरुले जनाएका छन् ।

भरतपुर सम्बोधनका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधबार नै भरतपुर पुगिसकेका छन् । भरतपुर महानगरको मेयरका लागि गठबन्धनका साझा उम्मेदवार रेनु दाहाल छिन् । आज उनकै लागि मतमाग्ने कार्यक्रम छ । जसका लागि प्रधानमन्त्री देउवाक अलावा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एस० अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको सम्बोधन रहने जनाइएको छ ।

काँग्रेसको एक पक्षले चितवनमा गठबन्धन नमान्ने अडान लिइरहेको छ । उक्त समूह र देशव्यापी गठबनधनको एकता देखाउन भरतपुरमा कार्यक्रमको आयोजना गर्न लागिएको हो । न्युज २४ बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*