मकवानपुरगढी ५ मा एमालेको घरदैलो अभियान सुरु, अधुरा काम पुरा गर्न भोट माग्दै उम्मेद्वारहरु
हेटौंडा/यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि मकवानपुरगढी ५ मा नेकपा एमालेले घरदैलो अभियान सुरु गरेको छ ।
मकवानपुरगढी ५ धादिङमा रहेको नेपाल कम्युनिष्ट पार्टीको निर्वाचन प्रचार प्रसार कार्यालयबाट बिधिवत रुपमा निर्वाचन केन्द्रित घरदैलो अभियान सुुरु गरेको छ । एमालेको नेतृत्वमा ५ वर्षको अवधीमा मकवानपुरगढी ५ वडावासीले धेरै बिकासको अनुभुती गर्न भएको र अरु बाँकि काम पुरा गर्नको लागि एक पटक आफुलाई अवसर दिन उम्मेद्वारहरुले वडावासीलाई आग्रह गरेका छन् ।
धादिङबाट सुरुभएको अभियान भालुखोला हुँदै जनताको घरघरमा पुग्ने क्रम जारी छ ।

अभियानमा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार जीतबहादुर घिमिरे, महिला सदस्य पदका उम्मेद्वार संगिता घिमिरे, दलित सदस्य पदका उम्मेद्वार निर्मला बिश्वकर्मा, खुल्ला सदस्यपदका उम्मेद्वार बलराम तितुङ, रत्नमान लो, बिष्णु दंगाल, सन्तोष घिमिरे, कृष्ण बहादुरगोले, राम कुमार खड्का लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । घरदैलो अभियान बैशाख २६ गतेसम्म निरन्तर हुनेछ ।







