कच्ची सडकलाई पक्की बनाउँदै हेटौैंडा उपमहानगर

जनपत्र
१ असार २०७६, आईतवार १२:३६

हेटौंडा । हेटौंडाका कच्ची सडकलाई पक्की बनाउने अभियान जारी रहेको छ । यसैक्रममा हेटौंडा ८ ओमनगरमा कच्ची सडकलाई पक्की बनाउनका लागि आज स्लाब ढलानको सिलान्याश समेत गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्लाब ढलानको सिलान्यास गर्नुभयो ।

ओमनगरमा उपमहानगरपालिकाको २१ लाख रुपैयाँ लागतमा स्लाब ढलानको काम सुरु गरिएको हो । हेटौंडाका कच्ची सडकलाई पक्की बनाउने र पक्की सडकलाई बिस्तारगर्दै फराकिलो बनाउने अभियानमा स्थानीय सरकार लागिपरेको मेयर महतले बताउनुभयो ।

सडक निर्माणका लागि पछी थपीएका नगरका वडामा नयाँ सडकका ट्रयाक खोल्ने कामलाई प्राथमिकता दिएपनि पहिलेका बजार क्षेत्रका वडामा सडकलाई पक्की बनाउन लागिपरेको उहाँले बताउनुभयो । कच्ची सडकलाई पाँच बर्षको आफ्नो कार्यकालमा धेरैनै पक्की बनाइने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*