महाभूकम्पको आतंक फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्री छुटे

जनपत्र
३१ जेष्ठ २०७६, शुक्रबार १८:०६

नेपालमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणलाई आतंकित पारेको आरोपमा पक्राउ परेका ‘ज्योतिष’ अर्जुन क्षेत्री रिहा भएका छन् । जिल्ला अदालत काडमाडौँले शुक्रबार क्षेत्रीलाई तारेखमा रिहा गरेको हो । उनलाई प्रहरीले गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो ।

क्षेत्रीलाई यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक (अफवाह) फैलाएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*